करिव ४० बर्ष अघिको र आजभोलीको मात्र बिश्लेषण गर्ने हो भने यूग धेरै बैज्ञानिक बन्दै गएको छ । बैज्ञानिक यूग परिवर्तन भएसँगै मानिसहरुको जीवन सैली रहन सहनहरु परिवर्तन भएका छन् । मानिसहरुमा छिटो धनी बन्ने लोभ समेत नयाँ यूगमा पलाएको छ । छिटो छिटो बस्तुहरुको उपभोग गर्ने विभिन्न सिजनहरुमा फरक सिजनका बस्तुहरु उत्पादन गर्ने लगायतका होडबाजी सँगै आफ्नो भलाईका लागि अरुको कुभलो गर्ने कामको समेत सुरुवात भएको देखिएको छ ।
आफ्नो क्षणिक स्वार्थ सिद्दीका लागि मानिसहरुले तरकारी र फलफूल जन्य बस्तुहरुमा प्रयोग गर्दै आएको बिषादीले मानव जीवनमा निकै धेरै समस्या उत्पन्न गरेको छ । मानिसको स्वास्थ्य सँग जोडिएको महत्वपुर्ण बिषय तर्फ सम्वन्धित निकायहरुको ध्यान दिन सकेका छैनन् । बिकषित सहरहरुमा तरकारी जन्य बस्तुहरुमा किरा भएको भएपछि त्यसलाई राम्रोसँग सफा गरेर उपभोग गर्ने चलन बढेको छ भने हाम्रो समाजमा किरा भएको कस्तुको उपभोग नगर्ने उल्टो चलन चलेको छ । स्थानीय उत्पादन भन्दा बाह्य उत्पादनमा धेरै ध्यान जान थालेको छ । बिषादीको प्रयोग गर्ने कुराको जानकारी नभएका कतिपय कृषकहरुले आज बिषादी छर्केर भोली बजारमा तरकारी बिक्रि गर्न ल्याउन थालेका छन् । यस्ता कुराहरुको निगारानी गर्ने, जनचेतना फैलाउने जिम्मेवारी कसको हुने हो त्यो भने हेर्न बाँकी नै छ ।








